हेटौंडा । मकवानपुरमा राहदानी विवरण गर्ने कार्य स्थगित गरिएको छ । सिस्टममा समस्या आएको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले अर्को सूचना जारी नभएसम्मका लागि उक्त कार्य स्थगित गरिएको जनाएको हो ।

प्रशासन कार्यायलले मंगलबार एक सूचना जारी गरी सो बारे जानकारी गराएको हो । जारी सूचनामा भनिएको छ, ‘प्रस्तुत विषयमा विद्युतीय राहदानी प्रणाली सम्बन्धी मिति २०७९–०९–१९ गतेदेखि राहदानी विभागको अनलाईन सर्भरमा समस्या उत्पन्न भएकोले अर्को सूचना नभएसम्मको लागि यस कार्यालयबाट प्रवाह हुने राहदानी सम्बन्धी सम्पूर्ण सेवा स्थगित गरिएको व्यहोरा सेवाग्राहीको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’