हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नवीन सिग्देलले शैक्षिक प्रतिस्पर्धाद्वारा गुणस्तर सुधार गर्नुपर्ने बताएका छन् ।

वडा कार्यालयद्वारा सञ्चालित बालकक्षा सहयोगी शिक्षकका लागि शैक्षिक सामग्री निर्माण तथा प्रयोग प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै अध्यक्ष सिग्देलले भौतिक पूर्वाधारको विकाससंगै शैक्षिक, सामाजिक, खेलकुद, वातावरणीय र आर्थिक विकासमा जोड दिनुपर्ने बताए ।

समग्र विकासको लागि शिक्षाको महत्वपूर्ण भूमिका रहने हुँदा स्थानीय तहले शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका रहनुपर्ने बताए । तल्लो कक्षाबाट नै विद्यार्थीलाई गुणस्तरीय शिक्षा र सेवा प्रदान गर्नुपर्ने उदेश्यले भएको प्रशिक्षण कार्यक्रम आधुनिक माविको हलमा भएको र प्रशिक्षणमा वडाका ८ वटा विद्यालयका २४ जना शिक्षक सहभागी भएको कार्यक्रम तीन दिनसम्म सञ्चालन हुने बताईएको छ । वडा शैक्षिक गुणस्तर सुधार समितिका संयोजक तथा श्रमिक मावि प्रधानाध्यापक श्रीराम दाहालको सभाध्यक्षतामा भएको कार्यक्रममा आधुनिक माविका प्रअ रामसागर गुरागाईँ, भुटनदेवी माविका प्रअ माधव दाहाल, रोज एकेडेमी प्रिन्सिपल रूविन श्रेष्ठ, आरामाविका शिक्षक राजाराम पोख्रेललगायतको उपस्थिति रहेको थियो ।