हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. १७ हटिया जुरेथुममा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

राधा माधव समिति नेपाल, जगद्गुरुत्तम मन्दिर अध्यात्म केन्द्र र डिभाईन युथ क्लव नेपालको आयोजनामा माघ २१ गते शनिवार निःशुल्क स्वास्थ्य शिविर हुने भएको हो । शिविरमा सन्चो हस्पिटल प्रालि हेटौंडा र फिजियो हेल्थ इक्युपमेन्ट नारायणघटको प्राविधिक सहयोग रहेको छ ।

प्रस्तावित श्री कृपालु अस्पताल हटिया १७ वडा कार्यालय नजिकै जुरेथुममा स्वास्थ्य शिविरको आयोजना गर्न लागिएको निरोज निरौंलाले जानकारी दिए । शिविरमा विशेषज्ञ चिकित्सकहरुद्वारा जाँच गरिनुका साथै निःशुल्क औषधि वितरण गरिने छ । स्वास्थ्य शिविरमा हार्डजोर्नी तथा नशा रोग, सामान्य चिकित्सा र फिजियोथेरापी सेवा प्रदान गरिने छ ।

शनिवार बिहान १० बजेबाट दिउँसो २ बजेसम्म स्वास्थ्य शिविर संचालन हुने छ । स्वास्थ्य शिविरमा सहभागि भएर लाभ लिन स्थानीयवासीलाई निरौंलाले आग्रह समेत गरेका छन् । प्रत्येक महिनाको अन्तिम शनिवार निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै आएको छ ।

सागर पन्थी
थप जानकारी