हेटौडा । हेटौडा-६ मा रहेको रक्षादेवी टोल विकास संस्थाको तेश्रो वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभाको बन्दसत्रले रमेश कुमार बानियाँको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा केशव प्रसाद कोईराला, सचिवमा राजकुमार फुयाँल, सहसचिवमा सरस्वती श्रेष्ठ र कोषाध्यक्षमा विजय कुमार हुमागाई चयन भएका छन । यसैगरि सदस्यहरुमा सविना गुरुङ, रीता गुरुङ, रक्षा थापा, अम्विका बुढाथोकी, रुद्र कुमारी सापकोटा र सीताराम भट्टराई चयन भएका छन ।
नयाँ कार्यसमिति चयनका लागि टोल विकास संस्था नगर समन्वय समितिकी सचिव चन्द्रावती पनेरुको संयोजकत्वमा हेटौंडा उपमहानगरपालिका सामाजिक विकास महाशाखाकी उमिता सुवेदी र सञ्चारकर्मी भीमसेन पौडेल सदस्य रहेको ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।
साधारणसभामा संस्थाका अध्यक्ष रमेश कुमार बानियाँले संस्थागत प्रतिवेदन र कोषाध्यक्ष विजय कुमार हुमागाईले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभामा असली बचतकर्ता अम्विका विक., असली कारोवारी नर बहादुर कार्की र उत्कृष्ट सरसफाइमा गोविन्द बहादुर गुरुङलाई सम्मानित गरिएको थियो । हेटौडा उपमहागरपालिका–६ का वडा सदस्य विजय पौडेलको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष रमेश कुमार बानियाँको सभाध्यक्षतामा साधारणसभा भएको थियो ।
साधारणसभामा टोल विकास संस्था नगर समन्वय समितिकी सचिव चन्द्रावती पनेरु, शान्तिटोल विकास संस्थाका अध्यक्ष केशव धिताल, जुत्ता चप्पल ब्यवसायी संघ,मकवानपुरका अध्यक्ष रामहरि तिमल्सिना, नवजीवन ज्योति क्लबका अध्यक्ष राजकुमार बास्तोला, रक्षादेवी क्लबका संस्थापक अध्यक्ष शम्भु बहादुर रिमाल, रक्षादेवी आमा समूहकी अध्यक्ष निर्मला कोईराला, जनकल्याण सहकारीका कोषाध्यक्ष चेतनाथ खतिवडा, संस्थाका सचिव राजकुमार फुयाँल लगायतको सहभागिता रहेको थियो । आव. ०७८÷०७९ मा ११ लाख ६० हजारको कारोवार गरेको टोल विकास संस्थामा ८४ घरधुरी आवद्ध रहेका छन ।


भीमसेन पौडेल 









प्रतिक्रिया दिनुहोस्