तपाई शेयर बजारमा लगानी गर्ने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने यसरी दीर्घकालिन लगानी गर्नुहोस् ।

दीर्घकालिन लगानी भनेको लामो समयमा कम्पाउन्डिङ्गको फाइदा लिन गरिएको लगानीलाई भनिन्छ । शेयर बाजारमा दीर्घकालिन लगानी गरेमा भबिष्यमा राम्रो प्रतिफल आर्जन गर्न सकिन्छ । सामान्य रुपमा लङ टर्म (दीर्घकालिन) लगानी भन्नाले एक वर्ष माथिको अवधिलाई मानिन्छ ।

दीर्घकालिन लगानीका ५ टिप्सहरु यस्ता रहेका छन् ।

(१) सहि कम्पनीहरु छनोट गर्नेः दिर्घकालिन लगानी गर्दा सहि कम्पनी छनोट गर्नु अत्यन्त आवश्यक हुन्छ, कम्पनी छनोट गर्दा कम्पनीको बित्तिय अवस्था के कस्तो छ भनेर अध्यन गर्नु पर्छ, कम्पनीको विश्लेषण गर्न लाई बार्षिक रिपोर्टहरु पढ्ने बानी बसाल्नु पर्छ. कम्पनीको रिपोर्टहरुले कम्पनीको बित्तिय अवस्थाहरु कतिको बलियो छ, भनेर हामीलाई कम्पनी छनोट गर्न मद्दत पु¥याउँछ र यस्ले भ्यालु इनभेष्टिङ्ग गर्न पनि थप सहयोग पु¥याउछ ।

(२) लगानीकर्तालाई हरेक वर्ष लाभांश दिइरहेको कम्पनी रोज्नु पर्छः स्टक मार्केटमा भएको धेरै कम्पनीहरु मध्ये हरेक वर्ष आकर्षक लाभांश वितरण गरेका कम्पनीहरुमा दीर्घकालीन लगानी गर्न उपयुक्त हुन्छ । यस्ता कम्पनीहरु बित्तिय रुपले पनि बलियो हुने गर्छन् ।

(३)पुँजीलाई विविधीकरण गरेर लगानी गर्नेः आफु संग भएको सबै पुँजीलाई एउटै कम्पनीमा लगानी गर्नु दीर्घकालिन रुपमा जोखिमपूर्ण हुन सक्छ । आफु संग भएको पँुजीलाई फरक–फरक सेक्टरको कम्पनीमा लगानी गर्दा एउटा कम्पनी भविष्यमा आधारभूत रुपमा कम्जोर भएर टाट पल्ट्य पनि अरु सेक्टरको कम्पनीले घाटा व्यहोर्न मद्दत गर्दछ ।

(४) शेयर किन्नुको पछाडि उद्देश्यलाई निधारण गर्नेः सेयर किन्नुको पछाडि आफुले दीर्घकालिन लगानी हो कि अल्पकालिन रुपमा छोटो समय अवधिको लागि लगानी गरेको हो भन्ने कुरा आफुले सोच्नुपर्ने हुन्छ, धेरै जसो नयाँ लगानीकर्ता छोटो समयमै धेरै नाफा खोज्दा शेयरबाट सहि समयमा निस्किन नजानेपछि अल्पकालिनबाट सोही स्क्रिप्टमा लामो समय सम्म होल्ड गरेर बस्नु पर्ने हुन्छ, त्यसैले आफुले लाभांश लिन किनेको शेयर धैर्य गरेर होल्ड गर्नु पर्छ र छोटो आवधिलाई ट्रेडिङ्ग गर्न किनेको शेयर अनुशासित रुपले आफ्नो लक्ष्य वा स्टप लशमा बेच्ने गर्नु पर्छ ।

(५) सहि समयमा अनुशासित भयर किन्ने र गर्नेः हामीले सहि कम्पनीको शेयर गलत समय मा किनेउ भने तेस्ले हामीले अपेक्षा गरेको जस्तो प्रतिफल दिन सक्दैन, त्यसैले सहि समयमा लगानी गर्नु आवश्यक हुन्छ, कम्पनीको मुल्य उचित छ कि छैन भनेर थाहा पाउन आधारभूत र प्रविधिक बिश्लेषणको प्रयोग गर्न सकिन्छ । दीर्घकालिन लगानी गरेको हो भने कम्तीमा पनि दुई पटक लाभांश खाने गरि किन्नु पर्छ र आफु धैर्य गरेर बस्न सक्नुपर्छ । जहिले पनि लगानी गर्दा अरुको लहैलहैमा, बजारको हल्लामा नलागी बित्तिय अवस्थाबारे जानकारी लिएर आफ्नो बुद्धि र बिबेकको प्रयोग गरेर मात्रै लगानी गर्नुपर्दछ ।

 

सन्दिप न्यौपाने
थप जानकारी