हेटौंडा । सहिदको सम्झनामा हेटौंडाको बुद्ध चोकमा दिप प्रज्वलन गरिएको छ । अनेरास्ववियु मकवानपुर अखिल फोर्स तथा स्वयम सेवक बिभागको आयोजनामा कार्यक्रम भएको हो ।

बिभिन्न काल खण्डमा वीर गति प्राप्त गर्ने ज्ञात अज्ञात सहिदहरुको सम्झनामा दिप प्रज्वलन गरिएको थियो । अनेरास्ववियु स्थायी कमिटी सदस्य सन्तोष पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अनेरास्ववियु मकवनापुर जिल्ला सह–इन्चार्ज आशिष अस्लामी, जिल्ला अध्यक्ष बिशाल पौडेल, उपाध्यक्ष भुवन मैनाली र अमृत बर्तौला, प्रसिद्ध रेग्मी लगायतकाको उपस्थिती रहेको थियो । अखिल फोर्स तथा स्वयम सेवक बिभाग प्रमुख तथा जिल्ला सचिवालय सदस्य मनिश मान श्रेष्ठको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।

 

अनिरुद्रखबर संवाददाता
थप जानकारी