हेटौंडा । बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले गठबन्धनको सरकारले सबै धर्मालम्बी समुदायको चाडपर्वमा विदाको व्यवस्था गरेर सम्मान र समभाव बढाएको बताइन् ।

मकवानपुरको भीमफेदी गाउँपालिका ३, ईक्चुङ स्थित टासी हिृक्सुङ बौद्ध गुम्बामा आयोजित पुजापाठ, शुभकामना आदनप्रदान एवं साँस्कृतिक कार्यक्रमको बुधबार उद्घाटन गरेपछि उनले तामाङ जातिको नयाँ वर्ष ल्होसारमा विदा दिएर सरकारले धेरै राम्रो काम गरेको दाबी गरिन् ।

कार्यक्रममा भीमफेदी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष प्रितिलाल रूम्बा, टासी हिृक्सुङ बौद्ध गुम्बा साँस्कृतिक कलाकार समुहकी सदस्य सम्झना पाख्रिन लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा टासी हिृक्सुङ बौद्ध गुम्बाका प्रमुख लामा विरसिं लामा, प्रहरी सहायक निरिक्षक खेमबहादुर कार्की, समाजसेवीहरु बद्री स्याङ्तान, अमृत बल, पदम दोङ, भरतसिं पाख्रिन, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुरका अध्यक्ष अशोकसुजन श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो ।

टासी हिृक्सुङ बौद्ध गुम्बाका अध्यक्ष रामबहादुर पाख्रिनको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष मानबहादुर सिन्तानले संचालन गर्नुभएको थियो । ईक्चुङमा २०६२ सालदेखी सोनाम ल्होसार छाप्रो हुँदै गुम्बा परिसरमा मनाउन थालिएपनि भौतिक संरचनाको अभाव भएकाले सहयोगका लागि स्थानियबासीले अनुरोध गरेका थिए । कार्यक्रममा स्थानीय युवा, युवतीहरुले गित तथा नृत्य प्रस्तुत गरेर ल्होसारलाई भव्यताका साथ मनाएका थिए ।