हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्रमा हिउँ खेल्ने क्रममा मृत्यु भएको भनिएको एकजनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासका अनुसार शव ईन्द्रसरोबर गाउँपालिकाको देउराली डाँडामा फेला परेको हो ।

शव ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नंबर ५ टिकाथलीका ३४ वर्षीय प्रज्वल पोखरेलको रहेको दासले बताए । उनले पोखरेलको शव हिउँमा फेला परेको बताए । उनले घटनाको आवश्यक अनुसन्धान भईरहेको बताए ।