देख्ने मन हुँदो होला छैन माया भने पनि
लेख्ने मन हुँदैन के?छैन माया भने पनि
आउँदा जाँदा बाटो पर्दा बोले के नै जान्थ्यो र खै
जिन्दगानि दुई दिनको छैन माया भने पनि ।

झिमझिम गर्ने दुई नजरका परेलिले ढाके पछि
मन भित्र सुटुक्क उस्कै तस्विर राखे पछि
नजिक होस् या भागि अन्तै कतै टाडा गए पछि
चोटले होला सम्झना त्यो मुटु घाईते भए पछि ।

हरि पराजुली
थप जानकारी