हेटौंडा । एक दशकदेखि पत्रकारिता पेशामा सक्रिय रहेका युवा पत्रकार केशव सुवेदी समर्पण स्वकीय सचिवमा नियुक्त भएका छन् ।

बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास राज्य मन्त्री सन्त बहादुर प्रजाको स्वकीय सचिवमा सुवेदी नियुक्त भएका हुन् । सुवेदी सक्रिय रुपमा पत्रकारिता पेशामा रहेका छन् । उनी हाल प्रदेश सञ्चार अनलाइनका अध्यक्ष एवं सम्पादक हुन ।

उनी स्थानीय एवं राष्ट्रिय दैनिक पत्रिकामा समेत आवद्ध रहेका छन् । हाल उनी कारोबार दैनिकमा जिल्ला संवाददाताका रुपमा कार्यरत रहेका छन । यस अघि सुवेदी हेटौंडा सन्देश दैनिक, नारायणी दैनिक, प्रदेश दैनिक, रेडियो मकवानपुर लगायतका बिभिन्न संचार माध्यममा आवद्ध भएर काम गरिसकेका छन । उनी नेपाल पत्रकार महासंघ मकवानपुरका कोषाध्यक्ष, नेपाली लेखक संघ मकवानपुरका सचिव र प्रेस युनियन मकवानपुर सचिव हुन् ।

अनिरुद्रखबर संवाददाता
थप जानकारी