हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष राजन थापाले स्थानीय निकायको निर्वाचनमा गरेको बाचा र प्रतिवद्धताहरु पुरा गरेको बताएका छन । अनिरुद्र खबर संग कुराकानी गर्दै उनले जनतामाझ गरेको प्रतिवद्धा पुरा गरेको दाबि गरे ।

२०७४ सालमा वडा अध्यक्षमा निर्वाचित भएर आएपछि यस वडामा रहेका समस्या समाधान गर्न लागि परेको उनले बताए । खानेपानी, बिजुली, खहरे, कच्ची बाटा, पुलपुलेसाका समस्या सत् प्रतिशत समाधान गरेको उनको दाबि छ । तीन वटा डिप बोरिङ मार्फत यस वडामा मात्रै नभई अन्य वडालाई समेत खानेपानी उपलब्ध गराईएको छ ।

सडक मात्रै नभई खानेपानी, बिद्युत, स्वास्थ्य, शिक्षा, खेलकुद, धार्मिक पर्यटन क्षेत्र, पर्यपर्यटन क्षेत्र, महिला शशक्तिकरण, कृषि क्षेत्र, रोजगार सिर्जना गर्ने लगायतका काम गरेको उनले बताए । त्यस्तै बृद्धबृद्धाका लागि आश्रम पनि निर्माणाधिन रहेको उनले बताए । दिवा खाजा सहित आश्रम संचालनमा आउने अध्यक्ष थापाको भनाइ छ ।

स्वास्थ्य क्षेत्रमा वडा नम्बर ७ मा उल्लेख्य प्रगति भएको छ । सामान्य स्वास्थ्य सेवा लिन हेटौंडा नै पुग्नुपर्ने बाध्यता हटेको स्थानीयवासीले बताएका छन । गर्भवती महिलाहरुलाई सुत्केरी पोषण कोसेली कार्यक्रम पनि यहाँ संचालन गरिएको छ । यहाँ बिशेषज्ञ सहितको डेन्टल, प्रसुती जाँच तथा अत्याधुनिक ल्याव पनि संचालनमा रहेको ल्याव असिस्टेन प्रजिता फुँयालले बताइन् ।

खेलकुदमा युवा पुस्तालाई समेट्न कर्भडहल, खेलकुद मैदान समेत निर्माण गरिएको छ भने शिक्षा क्षेत्रमा योगलाई बिद्यालय स्तरबाटै समेटिएको छ । यस वडामा धार्मिक पर्यटन, मठ मन्दिर निर्माण लगायतका बिषयलाई समेटिएको छ ।

शहरीकरणको अग्र स्थानमा रहेको यस वडामा ग्रामिण क्षेत्र कमै देख्न सकिन्छ, कुल क्षेत्रफल ३ दशमलव ८५ वर्ग किलोमिटर रहेको यस वडा को पुर्वमा वडा नं. ६ पश्चिममा वडा नं. ८ र ५, उत्तरमा मकवानपुरगढी र दक्षिण तर्फ वडा नं. १५ अवस्थित छ । यस वडाको उत्तरी भागमा कान्ति राजपथ र मध्य भागमा कर्रा खोला रहेको छ । वडा अध्यक्षको कामप्रति सन्तुष्ट रहेको वडावासीहरुले बताएका छन ।

अनिरुद्रखबर संवाददाता
थप जानकारी