Two textured background and blue paper mockup

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष अनिल कुमार बानियाँले काम गर्न ठुलो पद नचाहिने बताएका छन । उनले अनिरुद्र खबर संग कुरा गर्दै काम गर्ने इच्छाशक्ति भए सानै तहमा बसेर पनि काम गर्न सकिने बताएका हुन ।

स्थानीय तहको वडा अध्यक्ष भएर उनले हेटौंडा १८ का हरेक जनजनको समस्यालाई सम्बोधन गर्न सकेको दाबि गरे । उनले आफु जनप्रतिनिधि निर्वाचित भएर आएपछि लामो समयदेखिको बेतिथी अन्त्य गरेको बताए ।

वडा अध्यक्ष बानियाँले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, युवा स्वरोजगार, महिला शशक्तिकरण, सडक तथा पुल निर्माण, बिद्युत, खानेपानीको समस्या समाधान गरेको बताए । उनले लोपउन्मुख थामी समुदायलाई पनि खरको चुहिने घरबाट पक्की घरमा राख्ने व्यवस्था मिलाएका छन ।

बानियाँले वडाको विकास गर्न वडामा आएका बजेट, हेटौंडा उपमहानगरसंग समन्य तथा प्रदेश स्तरमा समेत पहुँच पु¥याएर विकासका लागि काम गरेका छन । उनले हर्नामाडीमा तरकारी तथा मकैको पकेट क्षेत्र निर्माण गरेका छन । उनले बैदेशिक रोजगारमा जानुपर्ने बाध्यताको अन्त्य गर्दै महिला, युवा तथा कृषकहरुलाई स्वरोजगार बन्नुपर्छ र स्वदेशमै काम गर्नुपर्छ भनेर प्रत्सोहन दिएका छन । कृषि कर्मका लागि बिभिन्न प्रकारका अनुदान उपलब्ध गराइदिएकोमा कृषकहरु पनि खुसी रहेका छन ।

क्षेत्रफलको हिसावले हेटौंडा उपमहानगरपालिकाको दोश्रो ठुलो वडा, वडा नं. १८ साबिकको हर्नामाडी गाविसका सबै वडाहरु मिलेर बनेको छ । ३३.३६ वर्ग किलोमिटरको कुल क्षेत्रफलमा फैलिएको यस वडाको पुर्वमा बकैया गाउँपालिका, पश्चिमा वडा नं. १७, उत्तरमा मकवानपुरगढी गाउँपालिका र दक्षिण तर्फ निजगढ नगरपालिका रहेको छ । यसको अधिकांस भागहरु ग्रामिण क्षेत्र रहेका छन । यस वडा भित्र गुम्बाडाँडा, गोरक्ष ताल जस्ता पर्यटकीय स्थलहरु चर्चित रहेका छन ।