हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष ललित घलानले जनताको काम पहिलो प्राथमिकता भएको बताएका छन । उनले आफु जनताको प्रतिनिधि भएकाले पहिलो प्राथमिकता जनताको काम भएको बताएका हुन । अनिरुद्र खबर संग कुरा गर्दै घलानले १२ नम्बरका वडाको विकास गर्न आफुले सक्दो प्रयास गरेको बताए ।

उनी जनतालाई सेवा दिन घर दैलोमा पुग्ने जनप्रतिनिधि पनि हुन । उनी कृषि प्रेमी जनप्रतिनिधि भएकाले उनले कृषिलाई पहिलो प्राथमिकतामा राखेर वडामा काम गरेका छन । कृषिलाई प्राथमिकता दिन वडामा गाई फार्मको लागि गोठ निर्माणमा सहयोग, तरकारी खेति गर्ने किसानका लागि टनेल निर्माण, खानेपानी तथा सिचाइको व्यवस्था मिलाएको बताए । बस्ती बचाउ तथा नदि नियन्त्रणका लागि गुरु विर्ता आरु वारेमा तटबन्द भएको छ । आधुनिक खेति प्रणाली तथा थोरै जमिनमा धेरै उत्पादन गर्न थोपा सिचाइ तथा लिफ्ट सिचाइको व्यवस्था समेत मिलाइएको छ ।

थोरै जमिनमा धेरै उत्पादन लिनका लागि थोपा सिचाई तथा लिफ्ट सिचाईको व्यवस्था मिलाइएको छ । सामुहिक खेती प्रणालीको विकास गर्न यस वडामा मकैको ब्लक र धान जोन कार्यक्रम संचालन गरेको उनले बताए । आय आर्जनमा वडावासीरुलाई जोड्न बाख्रा वितरण, सिलाई बुनाईका लागि मेसिन लगायतका सामाग्राी हस्तान्तरण गरिएको वडा अध्यक्ष घलानले बताए ।

कच्ची सडकहरु स्ल्याव ढलान, वडा कार्यालयको नयाँ भवन निर्माण तथा स्वास्थ्य सेवामा थप सुधार गरिरहेको उनले बताए । यसै वडामा प्रदेशकै ठुलो बजेटमा राप्ती पुलमा हेटौंडा ११ र १२ जोड्ने पक्की पुल निर्माणाधिन अवस्थामा रहेको छ ।

बिद्युतको पूर्वाधार राम्रो छ, उनले भने अहिले बिद्युत र भोल्टेज सुधारको काम भईरहेको छ । शिक्षाको लागि भवन निर्माण, छात्रबृत्ति लगायतकाको काम भएको उनले बताए । निम्न स्तरका वडावासीहरुलाई आर्थिक सहयोग पनि गरेको उनले बताए । जनताको स्तर सुधार्न आफु लागि परेको उनले बताए ।

हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १२ साबिकको पदमपोखरी वडा नम्बर ४, ५, ७, ८ र ९ मिलेर बनेको हो । यसको कुल क्षेत्रफल १६ दशमलव १४ वर्ग किलोमिटर रहेको छ । यस वडाको पुर्व सिमानामा वडा नं. ९, पश्चिमा मनहरी गाँउपालिका, उत्तरमा राप्ति खोला (वडा नं. ३, ११ र १९) र दक्षिण तर्फ वडा नं. १३ अवस्थित छ । यसको अधिकांस भागहरु ग्रामिण स्तरका छन । यस वडामा गुरु बिर्ता, आल्दमार, भोर्ले, हात्तिगौडा, चारघरे लगायतका मुख्य स्थानहरु रहेका छन ।

अनिरुद्रखबर संवाददाता
थप जानकारी