इन्साइडर ट्रेडिंग भनेको सार्वजनिक कम्पनीको स्टक वा अन्य सेक्युरिटीे कम्पनीको बारेमा गैर–सार्वजनिक जानकारीको आधारमा गर्ने व्यापार हो । विभिन्न देशहरूमा, भित्री जानकारीमा आधारित केहि प्रकारको व्यापार अवैध छ ।

यो जानकारीमा पहुँच नभएका अन्य लगानीकर्ताहरूका लागि अनुचितको रूपमा हेरिएको छ, किनकि आन्तरिक जानकारी भएको लगानीकर्ताले सामान्य लगानीकर्ताले गर्न सक्ने भन्दा ठूलो नाफा कमाउन सक्छ ।

नेपाल टेलिकमले पहिलो पटक लगानीकर्तालाई बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । चैत २८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले पहिलो पटक बोनस घोषणा गर्ने हल्ला बजारमा महिनौंदेखि चलिरहेको थियो । यस्तो संवेदनशील विषय महिनौंअघि कसरी बजारमा आयो र सूचना कहाँबाट बाहिर निस्कियो भन्नेबारे अनुसन्धान गर्न लगानीकर्ताले माग गरेका छन् ।

सन्दिप न्यौपाने
थप जानकारी