हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ चौघडामा एक बृद्धको शव फेला परेको छ ।

आज बिहान हेटौंडा–६ चौघडाको राईटोलमा स्थानीय ६५ वर्षीय खड्कबहादुर रसाईली आफ्नो घरबाट करिब ३ सय मिटरको दुरीमा मृत फेला परेको प्रहरी जनाएको छ ।

रसाईलीको शव आफ्नै घरनजिकैको रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।