हेटौंडा । हेटौंडामा जातिय छुवाछुत अन्त्यका लागि सरकार र नागरिक समाजकोे भुमिका विषयकमा अन्तरक्रिया कार्यक्रम भएको छ ।

गैसस महासंघको सभाहलमा मानव अधिकारी तथा जातिय भेदभाव सरोकार केन्द्र नेपालको आयोजनामा ५७ औँ अन्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिवस मनाएको हो । मानव अधिकारी तथा जातिय भेदभाव सरोकार केन्द्र नेपालका अध्यक्ष कमल कुमार विश्वाकर्मा तथा बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख यादवचन्द्र शर्माले कानुनी व्यवस्था तथा संरचनाहरूलाई थप प्रभावकारी बनाउँदै यस वर्गभित्र पनि सीमान्तीकृत र विपन्न समूहलाई बढी लाभ पु¥याउने गरी कार्य गर्न सबैमा आग्रह गरे ।

कार्यक्रममा बागमती प्रदेश सभासदस्य मुनु सिग्देल, नेकपा माओवादी केन्द्रका सचिव भिम पाख्रिन, जातिय भेदभाव सरोकार केन्द्र नेपालका अध्यक्ष कमल कुमार विश्वकर्मा, हेटौंडा उपमहानगरपालिका उपमेयर मिना लामा, नेपाल उत्पीडन जातिय मुक्ति समाजका केन्द्रिय सदस्य केशव रसाईली,गैसस महासंघ बागमती प्रदेशका उपाध्यक्ष आरती पाठक,बागमती प्रदेश सामाजिक विकास शाखाका शाखा प्रमुख चन्द्रा ब्यान्जन्कार, मुक्ति मोर्चाका केन्द्रिय सदस्य जंग बहादुर विक लगायतकाको सहभागिता रहेको थियो ।