हेटौंडा । नेपाल प्रगतिशील प्राध्यापक संगठन हेटौंडा क्याम्पस एकाइ समिति गठन गरिएको छ । मनोज पोखरेलको अध्यक्षतामा ९ सदस्यीय कमिटी गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा विद्या दाहाल, सचिवमा उमेश पुरी, उपसचिवमा श्याम पराजुली, कोषाध्यक्षमा सुवास खड्का चयन भएका छन । यस्तै सदस्यहरुमा शरद श्रेष्ठ, कपिल पराजुली, निरञ्जन सिग्देल र दिपेश लामिछाने रहेका छन ।

नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन केन्द्रीय समितिका सदस्य एवम् नेकपा एमाले बागमती प्रदेश सदस्य भोजराज ढकालको प्रमुख आतिथ्यता तथा हेटौँडा क्याम्पसका प्राध्यापक शरद श्रेष्ठको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा नेकपा एमाले मकवानपुरका सचिव नवीन सिग्देल लगायतकाको सहभागिता रहेको थियो ।