हेटौंडा । सहकारी दिवसको अवसरमा हेटौंडाको बुद्धचोकमा आज शुक्रबार आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् ।

६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बागमती प्रदेश स्तरीय मुल आयोजक समितिले कार्यक्रमको आयोजना गरेको हो । ५ जना महिला र २० जना पुरुष गरि २५ जनाले रक्तदान गरेको मुल आयोजक समितिका सदस्य राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखा प्रमुख रामेश्वर अर्यालले बताए ।

मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश भुमि ब्यवस्था ,सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव बलराम निरौलाको प्रमुख आतिथ्यता रहेकोे थियो ।

कार्यक्रममा ६५ औं राष्ट्रिय सहकारी दिवस बागमती प्रदेश मुल समारोह समितिका संयोजक नारायण प्रसाद देवकोटा , बागमती प्रदेश सहकारी महाशाखाका रजिस्ट्रार नारायण प्रसाद ज्ञवाली , राष्ट्रिय सहकारी महासंघ नेपालका निवर्तमान संचालक बद्री प्रसाद लम्साल , प्रदेश बचत तथा ऋण सहकारी संघका संचालक राधा सिंतान , मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी , मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने , जिल्ला कृषि सहकारी संघ मकवानपुरका संचालक राजु दर्लामी लगायतकाको उपस्थिति रहेको थियो ।

राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखाका प्रमुख रामेश्वर अर्यालले स्वागत मन्तव्य राखेको कार्यक्रम नेफ्स्कुन फिल्ड कार्यालय हेटौंडाका सदस्य राजु गौतमले संचालन गरेका थिए ।

‘मर्यादित ब्यवसाय र प्रविधिमा सहकारी’ भन्ने मुल नाराका साथ मनाउन लागिएको सहकारी दिवस अन्तरगत भोलि बिहान हेटौंडा अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफूल वितरण गर्ने कार्यक्रम रहेको मुल आयोजक समितिका संयोजक नारायण प्रसाद देवकोटाले बताए ।