हेटौंडा । आफ्नो जन्मदिनमा यहाँका एक व्यक्तिले वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई फलफूल वितरण गरेका छन ।

हेटौडा–१७ गैरीगाउँ निवासी युवा समाजसेवी नवराज न्यौपानेले आफनो ४२ औं जन्मदिनको अवसरमा हेटौडा–१७ मा रहेको श्रीमदभागवत ज्ञानसञ्चार वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई फलफूल र नगद सहयोग गरेका हुन ।

आफनो जन्मदिनको अवसरमा वृद्धवृद्धाहरुलाई सहयोग गर्न पाउँदा आफूलाई अत्यन्त खुशी लागेको बताउदै न्यौपानेले आगामी दिनहरुमा समेत बृद्धवृद्धाहरुलाई सहयोग गर्ने प्रतिवद्धता जनाए ।

श्रीमदभागवत ज्ञानसञ्चार बृद्धाश्रमका अध्यक्ष लक्ष्मण कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौडा–१७ का वडा सदस्य टिकाप्रसाद तिमल्सिना, कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष उदय विडारी, सञ्चारकर्मी भीमसेन पौडेल लगायतको उपस्थिति रहेको थियो । न्यौपाने नेपाली काँग्रेस हेटौडा–१७ का सभापति, श्रीमदभागवत ज्ञानसञ्चार बृद्धाश्रम, हेटौडा–१७ का सचिव र सामाजिक अभियन्ता समेत हुन ।