

हेटौंडा । कौशिक गोत्रीय रेग्मी समाज मकवानपुरको प्रथम साधारणसभा शुक्रवार हेटौडामा सम्पन्न भएको छ ।
साधारणसभाले नारायण रेग्मीको अध्यक्षतामा ११ सदस्यीय मकवानपुर जिल्ला समिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा विद्या रेग्मी, सचिवमा रोमनाथ रेग्मी, कोषाध्यक्षमा कवि रेग्मी चयन भएका छन । यसैगरी सदस्यहरुमा सुरेश रेग्मी, महेश रेग्मी, उत्तम रेग्मी, घनश्याम रेग्मी, मधु रेग्मी, दिपेन्द्र रेगमी र विवेक रेग्मी चयन भएका हुन ।
कौशिक गोत्रीय रेग्मी समाजका केन्द्रीय सचिव सूर्य प्रसाद रेग्मीको प्रमुख आतिथ्यता एवम ज्येष्ठ सदस्य मुकुन्द रेग्मीको सभाध्यक्षतामा साधारणसभा भएको थियो । हाल रेग्मी समाज मकवानपुरमा ३४ जना रेग्मीहरु आवद्ध रहेका छन । समाजले रेग्मीहरुको बंशावली तैयार गर्ने, रेग्मीहरुलाई एकतावद्ध बनाउने लगायतका कामहरु गर्ने नवनिर्वाचित अध्यक्ष नारायण रेग्मीले बताए ।
प्रतिक्रिया दिनुहोस्