हेटौंडा । सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरको आयोजनामा सोमवार हेटौंडामा फेकोफन बागमती प्रदेश स्तरीय समन्वयात्मक बैठक सम्पन्न भएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ, राष्ट्रिय कार्यसमितिकी अध्यक्ष भारती पाठकको प्रमुख आतिथ्यता एवम फेकोफन बागतमी प्रदेशकी कोषाध्यक्ष निर्मला न्यौपानेको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । बैठकमा टिएफ परियोजना अधिकृत सीता अर्यालले सामुदायिक वन उपभोक्ता महासंघ, केन्द्रीय कार्यालयले सामुदायिक वनमा गरेका विभिन्न कार्यहरुको बारेमा जानकारी गराएका थिए ।

बैठकमा सहभागिहरुले सरकारबाट सामुदायिक वनलाई सहयोग नभएको गुनासो गर्दै समय समयमा सामुदायिक वन माथि अनावश्यक कानूनी प्रावधान ल्याई उपभोक्ता समितिलाई हतोत्साही बनाउने काम गरेकोमा दुःख व्यक्त गरे । बैठकमा सहभागिहरुले सामुदायिक वनलाई सक्षम बनाई देशको विकास गर्नु पर्नेमा जोड दिदै ऐन कानून बनाउदा उपभोक्तामुखी बनाउन सरकार सक्षम आग्रह गरे ।

कार्यक्रममा फेकोफनका केन्द्रीय सदस्य ढाल विक्रम कार्की, डिभिजन वन कार्यालय, मकवानपुरका प्रमुख शिव सापकोटा, मकवानपुर अध्यक्ष साधुराम चौलागाई, कोषाध्यक्ष बलराम अधिकारी, स्थानीय महासंघ, हेटौडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, कबुलियती वन महासंघ, मकवानपुरकी अध्यक्ष सुन्तली माया चेपाङ, लगायतको सहभागिता रहेको थियो ।

भीमसेन पौडेल
थप जानकारी