झापा । नेकपा एमालेको हल्दीबारी गाउँपालिका उपाध्यक्ष छनोटमा विवाद उत्पन्न भएको छ । उपाध्यक्ष छनोट तथा सिफारिस पारदर्शी र नियमसंगत नभएको भन्दै कार्यकर्ता रुष्ट बनेका छन ।

उपाध्यक्ष आंकाक्षी मध्ये ईश्वरा तिबारीलाई उमेद्वारका रूपमा एमाले हल्दीबारीले पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धामा सामेल हुन नदिएपछि जिल्ला कमिटीमा उनले निबेदन दिएकी हुन ।

उनले नेकपा एमाले जिल्ला कमिटी झापामा छलफल गरिपाउँ भनेर निबेदन दिएकी छिन । नेकपा एमालेको १० औं महाधिवेशन पूर्व सदस्यता नविकरण गर्न मैले स्थानीय कमिटीमा अनुरोध गर्दा नवीकरण भईसकेको भनेर जानकारी पाएको थिए, निवेदनमा उनले उल्लेख गरेकी छिन । चुनावका बेला आएर अहिले राजनीति भएको उनको आरोप छ ।
उनले निवेदनमा संगठित सदस्यता नम्बर ख ७०११०२ रहेको उल्लेख गर्दै पार्टीको नीति, सिद्धान्त र बिचारको अनुशासन पूर्वक पालना गरेको बताएकी छिन । अन्य आकांक्षीले मेरा बिरुद्ध षड्यन्त्र गरे उनले थपिन मलाई पार्टीको आन्तरिक प्रतिस्पर्धा र छनौटमै सामेल हुने फारम भर्न सम्म दिइएन । मलाई सदस्यता नविकरण नगरेको वहाना बनाएर म प्रति अन्याय गरियो । तिवारी सूचनाको हकको अभियान्ता पनि हुन ।

हल्दिवारीमा तिवारी सहित सात जना महिला गाउँपालिका उपाध्यक्ष पदमा आकाक्षी देखिएका छन । हल्दीवारीमा नेकपा एमालेबाट उपाध्यक्षमा गाउँपालिका कार्यपालिका सदस्य तथा एमाले ४ नम्बर वडा कमिटी सचिव गितादेवी भण्डारी तिम्सिना, कार्यपालिका सदस्य सरिता न्यौपाने, हल्दीवारी पार्टी सह–इन्चार्ज तथा जिल्ला सदस्य ललिता बस्नेत, वडा सदस्य तथा नेकपा जिल्ला सदस्य शान्ता गौतम, अनेम संघ हल्दिबारी गाउँ कमिटी अध्यक्ष रोषन शिबाकोटी, अनेम संघ जिल्ला सदस्य तथा हल्दिबारी गाउँ कमिटी सचिवालय सदस्य कल्पना रेग्मी दावेदारी रहेको छ ।