हेटौंडा । नेकपा एमालेको हेटौंडा उपमहानगरपालिका कमिटी बैठकले हेटौंडाको मेयरमा बर्तमान मेयर हरि बहादुर महत, संबिधान सभाका सदस्य अनन्त पौडेल र एमाले मकवानपुरका नेता गणेश कुमारी प्रधानलाई सिफारिस गरेको छ ।

एमालेका नौ जना नेताहरुले चैत २७ गतेको बैठकमा मेयरमा उमेदवारी दिने आंकाक्षा देखाएपनि ६ जनाले सहमतीका आधारमा तीन जनाको नाम सिफारिस गर्न तयार भएपछी तीन जनाको मात्र नाम सिफारिस गरिएको हो ।

मंगलबार भएको बैठकमा सर्वसम्मत मेयरको उम्मेदवार चयन गर्न नसकेपछि उपमहानगर कमिटीले तीनजनाको नाम जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले उपमेयरमा सुमित्रा काफ्ले, आरती पाठक र ईन्द्र प्रसाद नेपालको नाम सिफारिस गर्ने निर्णय गरेको छ । उपमेयरमा पनि सात जनाले आंकाक्षा देखाएका थिए ।