

हेटौंडा । नेकपा एमाले मकवानपुरले आसन्न निर्वाचनको तयारीका लागि बिभिन्न निर्णयहरु गरेको छ । एमालेको तेस्रो पुर्ण कमिटी बैठकले स्थानीय निर्वाचन २०७९ का लागि जिल्लाका सबै पालिकाबाट आएको उम्मेदवारहरुको सिफारिस संकलन गर्ने, प्रदेश र केन्द्रमा सिफारिस गर्ने तथा गाउँपालिकाहरु र नगरपालिकाको वडाका उम्मेदवारहरुको सर्वसम्मत उम्मेदवारहरुलाई स्वीकृत गर्ने तथा सिफारिस भएकाहरुलाई छनोट गर्ने जिम्मा पार्टीको जिल्ला इन्चार्ज, सह इन्चार्ज, जिल्ला पदाधिकारीहरुलाई जिम्मा दिने निर्णय गरेको हो ।
छनोट गरिएको उम्मेदवारहरुको नामावली जिल्ला सचिवालयमा पेश गरेर सचिवालय बैठकले स्वीकृत गर्ने निर्णय भएको छ । जिल्लाबाट नगर र गाउँपालिकाहरुको वडाका उम्मेदवारहरुको छनोट गरि अनुमोदन गर्ने एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिए ।
बैठकले अध्यक्ष एकलाल श्रेष्ठको संयोजकत्वमा जिल्लाभर २ हजार ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । कमिटीको सहसंयोजकमा लाल बहादुर थापा, सचिवमा नवीन सिग्देल तथा उपसचिवमा हिदम लामा र सीता बिष्ट रहेका छन ।
निर्वाचन परिचालन कमिटीमा एमाले मकवानपुर जिल्ला सचिवालय सदस्यहरु, पालिका इन्चार्जहरु तथा २२ वडा जनबर्गीय संगठनबाट गरि ५५ सदस्यीय सचिवालय गठन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्