

हेटौंडा । नयाँ बर्ष २०७९ सालको अवसरमा नेपाल पत्रकार महासंघ मकवानपुरले शुभकामना आदानप्रदान गरेको छ । मकवानपुरका पत्रकारहरु संग नयाँ बर्षको शुभकामना आदानप्रदान गरिएको हो ।
त्यस्तै शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा मकवानपुरका महिला पत्रकारहरुलाई सेनेटरी प्याड उपलब्ध वितरण गरिएको छ । नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजना तथा सञ्चारिका समूह मकवानपुरको व्यवस्थापनमा महिला पत्रकारहरुलाई सेनेटरी प्याड उपलब्ध गराइएको हो ।
नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सुनिल खड्का, पत्रकार महासंघ प्रदेशकी उपाध्यक्ष सम्झना कार्की, वरिष्ठ पत्रकार प्रताप विष्ट, सञ्चारिका समूह मकवानपुरका संयोजक सरिता दाहाल लगायतकाले नयाँ बर्षको शुभकामना दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्