कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

कुम्भ राशि हुनेहरूको लागि यो शुभ नै रहनेछ । वर्षभरि नै बृहस्पति र राहुको प्रभावले रोकिएका अधुरा कार्यले पूर्णता पाउनेछ । घर परिवारमा शुभ र माङ्गलिक कार्यको आयोजना हुनेछ । नजिकैका व्यक्तिबाट भरपूर साथ र सहयोग मिल्ने र विजय प्राप्त हुनेछ । केतु र शनिको साढेसातीले भने चिन्ता, नोक्सानी र कार्यसम्पादनमा उल्झन, बेलाबेलामा मनमा दुबिधा उत्पन्न हुनेछ अत: मिश्रित फल पाइनेछ ।

व्यापार/व्यवसाय
व्यापार वा व्यावसायिक दृष्टिले यो वर्ष त्यति राम्रो नरहन सक्छ । जग्गाजमिनको काममा भने विवाद बढ्न सक्छ, तर कृषि, पशु, इलेक्ट्रोनिक र कपडाको व्यवसायबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । वैदेशिक क्षेत्रमा लगानीका लागि समय राम्रो छ । सेयर बजार पनि त्यति राम्रो नहोला । आर्थिक दृष्टिले वैशाख, साउन, मंसिर र माघ महिना बढी सकारात्मक हुनसक्छ ।

प्रेम/सम्बन्ध
यो वर्ष प्रेम गर्न चाहनेले नयाँ प्रेम सम्बन्ध स्थापित गर्न सक्छन्, तर प्रेम सम्बन्धलाई परिवारले समर्थन गर्न गाह्रै पर्ला । घर परिवारमा हुने शुभ तथा मांगलिक कार्यले बिग्रिएको पारिवारिक सम्बन्धलाई मजबुत बनाउनेछ, शत्रुसँग सम्बन्ध सुल्झन पनि सक्छ ।

शिक्षा
शिक्षाको लागि यो वर्ष सफल र फलदायी नै रहने भएकाले राम्रो नतिजा पाइनेछ । पढाई लेखईको लागि विदेश जाने योग पनि छ । चिकित्सा र डिजाइनका विद्यार्थीहरूलाई बढी सफलता मिल्ने देखिन्छ । भाषा र गणित विषय भने कमजोर रहनसक्छ ।

पेशा/रोजगार
यो वर्ष नयाँ रोजगार वा व्यवसायको सुरुवात हुने राम्रो योग रहेको छ । सामाजिक, वैदेशिक, राजनैतिक तथा कूटनैतिक क्षेत्रका व्यक्तिहरूलाई निकै राम्रो हुनेछ, तर अपजसको सामना भने गर्नुपर्ला

स्वास्थ्य
वर्षको उत्तरार्धमा स्वास्थ्यमा सुधार आउने र पुराना रोग काम हुन सक्छ । शनि र केतुको कारणले अस्पताल सम्मको यात्रा गर्नुपर्ला । वायु विकारका साथै रक्त सम्बन्धी समस्या बढ्ने भएकाले आफ्नो खानपिन र स्वास्थ्यको विशेष ख्याल गर्नुहोला ।

शुभ रङ्ग
रातो, सेतो, निलो र पहेँलो शुभ रङ्ग हो ।

शुभ अङ्क
२, ३, ७, र ९ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
शनिबार दुर्गाजीको दर्शन, उपासना र आरधना गरि गरेको कार्यबाट अधिक लाभ मिल्नेछ । प्रत्येक शनिबार संकटा मन्दिरमा दियो बाल्ने र असहायलाई सहयोग गर्दा राम्रो हुनेछ । केतु र शनिको शान्ति गर्ने र वृक्षारोपण गर्नाले पनि ग्रह पीडा कम हुनेछ । कुनै शुभ कर्म गर्नु पूर्व या यात्रामा जानु अघि दुर्गाजीको स्मरण गर्नाले अधिक सफलता मिल्नेछ

साभारः हाम्रो पात्रो