मकर राशि (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

मकर राशिका जातकहरूका लागि यो वर्ष मध्यम नै रहनेछ । माघ २७ सम्म शनिग्रहको साढेसातीले सकारात्मक फल नदेला । बृहस्पति र राहु पनि अशुभ स्थानमा गोचर गर्नाले पनि मनमा डर, आर्थिक उतारचढाव हुनसक्छ र नजिकका व्यक्तिसँग वादविवाद तथा दूरी बढ्न सक्छ, वर्षको मध्यमा मनमा राम्रै भएपनि अनेकौं तर्क र खुलदुली उत्पन्न हुनेछ र ठोस निर्णय लिन नसकिएला । असार, भाद्र, कार्तिक र चैत्र महिनामा बढी शुभ फल मिल्नेछ ।

व्यापार/व्यवसाय
व्यापारीका दृष्टिले यो वर्ष सामान्य उतारचढाव हुनसक्छ, अत: धैर्यता आवश्यक छ । आस मारिसकेको र रोकिएका धन हात पर्न सक्छ । तरल पदार्थ, घरजग्गा, शृंगार र सेयरबजारबाट राम्रो सफलता मिल्नेछ । कृषि र खाद्यान्नको कारोबारमा भने मन्दी आउनेछ । आर्थिक दृष्टिले वैशाख, साउन, भाद्र र मंसिर महिना लाभदायक रहनेछ ।

प्रेम/सम्बन्ध
यो वर्षको ग्रह गोचर हेर्दा तपाईंको प्रेम प्रसङ्गका लागि मध्यम नै रहनेछ । पुराना प्रेमी जोडीहरूको सम्बन्ध सुमधुर हुँदै पारिवारिक समर्थन मिल्नेछ । दाम्पत्य जीवनमा भने आर्थिक असमझदारीले दूरी बढ्न सक्नेछ, तर पुराना सम्बन्ध र टाढिएका व्यक्ति नजिकै हुनसक्छन् ।

शिक्षा
यो वर्ष अध्ययन अध्यापनको क्षेत्रमा सुधार आउनेछ र मिहिनेत गरे अनुसार बढी सफलता मिल्नेछ । वर्षको पूर्वार्द्धमा रिजल्ट राम्रो नहोला, तर उत्तरार्धमा रिजल्ट राम्रै हुन सक्नेछ । भाषा, प्राविधिक तथा टेक्निकल विषयका विद्यार्थीहरूलाई अधिक सफलता मिल्नेछ । विदेश गएका विद्यार्थीहरूलाई भने अलि संघर्ष गर्नु पर्ला ।

पेशा/रोजगार
यो वर्ष आफ्नो कार्य क्षेत्रमा झमेला आउन सक्नेछ । श्रावण महिना पछि नयाँ पेशा वा नयाँ रोजगारको अवसर आउनेछ । सरकारी कर्मचारीहरूले बढी सजगता अपनाउनु पर्नेछ । शनिको कारणले झुटा आरोप लाग्न सक्नेछ र कानूनी झमेला तथा राजनैतिक क्षेत्रमा पनि विविध समस्या र संघर्ष खेप्नु पर्ला ।

स्वास्थ्य
प्रजनन, आँखा र नसाको समस्या बढ्न सक्छ र दीर्घकालीन औषधी सेवनको सम्भावना पनि रहन्छ । आफन्त र घरपरिवारका लागि स्वास्थ्य उपचारमा खर्च पनि बढ्नेछ । पाचन प्रणाली र रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन सक्छ, अत: खानपिनमा सावधानी अपनाउनु होला ।
शुभ रङ्ग
कालो, रातो, गुलाबी, निलो र पहेँलो शुभ रङ्ग हो ।

शुभ अङ्क
२, ६, ७, ८ र ९ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
ग्रह पीडा कमगर्न शनि, बृहस्पति, राहु र केतुको ग्रह शान्ति गर्दा राम्रो हुनेछ साथै शनिबार हनुमानजीको दर्शन, पूजा र व्रत बस्नाले पनि राम्रो हुन्छ । जन्मदिन वा शनिबार बरपिपलको वृक्षारोपण गर्दा भाग्यको बढोत्तरी हुने र गरेको कार्यबाट सफलता मिल्दै जानेछ । आफ्नो जन्म बारमा शाकाहारी खाना खाने र कुनै शुभ कर्म गर्नपूर्व या यात्रामा जानु अघि हनुमानजीको स्मरण गर्नाले अधिक राम्रो हुनेछ ।

साभारः हाम्रो पात्रो