मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

मीन राशि हुनेहरूका लागि यो वर्ष राम्रै फल मिल्नेछ, यश, कृति, लाभ, विजय, वाक्सिद्धि हुने र आफन्तको सहयोग मिल्नेछ । बृहस्पति र राहुको कारण जातकहरूलाई गरेको कार्यमा उल्झन, ढिलासुस्ती, काम बिग्रने र चोटपटकको भय रहनेछ, तर जन्मकुण्डलीमा शनि लगायत अन्य ग्रह राम्रो हुनेहरूका लागि शुभ फल मिल्ने, विद्या र बुद्धिको विकास हुने र चमत्कारी ढङ्गले सफलता दिलाउनेछ ।

व्यापार/व्यवसाय
यो वर्ष व्यापार व्यवसायबाट राम्रो सफलता मिल्नेछ । एजेन्ट, सजावटी, जग्गा जमिन र मोटरगाडीबाट चमत्कारी लाभ मिल्नेछ । सेयर बजार अन्तर्गत बिमा र बैङ्किङ क्षेत्रबाट राम्रो आम्दानी हुनेछ । कृषि व्यवसायबाट बढी सफलता पाइनेछ । आर्थिक दृष्टिले जेठ, भाद्र, मंसिर र माघ महिनामा बढी लाभ हुनेछ ।

प्रेम/सम्बन्ध
प्रेम र मित्रताको बन्धन सामान्य रहनेछ । पुराना र टाढिएका मित्रसँग गोपनीय ढंगले सामीप्यता बढ्नेछ । दाम्पत्य जीवनमा माया प्रेम एवं समझदारी भने कायम नै रहनेछ । शनि कमजोर रहने जातकहरूलाई वाणीमा लगाम लगाउन आवश्यक देखिन्छ, अन्यथा जुनसुकै सम्बन्ध पनि बिग्रन सक्छ ।

शिक्षा
विज्ञान र सामाजिक विषयका विद्यार्थीहरूलाई बढी सफलता मिल्नेछ । भाषा, स्वास्थ्य विषय तथा शिक्षाको लागि वैदेशिक क्षेत्रमा रहेका विद्यार्थीहरूलाई भने यो वर्ष त्यति राम्रो देखिन्न, अत: विद्यामा सफलता पाउन बढी मिहिनेत गर्नु पर्नेछ ।

पेशा/रोजगार
यो वर्ष नयाँ कार्यको थालनी र गरेको लगानीले राम्रो सफलता पाउनेछ । वैदेशिक रोजगार भने सामान्य नै रहनेछ । सञ्चार, बिलासीता तथा मनोरञ्जन पेशामा आवद्ध व्यक्तिहरूलाई भने बढी सफलता मिल्नेछ । पर्यटन र कृषिको लगानीमा भने झमेला र समस्या बढ्न सक्छ ।

स्वास्थ्य
यो वर्ष स्वास्थ्यमा उतार चढाव आउन सक्छ । नयाँ रोग देखा पर्नाले अस्पतालको यात्रा गर्नु पर्ला, त्यसैले खानपिनमा सावधानी र नियमित व्यायाम गर्नु बुद्धिमानी हुनेछ । नासा तथा प्रजननमा पनि सामान्य समस्या बढ्न सक्छ ।
शुभ रङ्ग
रातो, गुलाबी, कालो, पहेँलो र खैरो शुभ रङ्ग हो ।

शुभ अङ्क
१, २, ६, ८ , र ९ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
प्रत्येक शुक्रवार लक्ष्मीजीको दर्शन, पूजा र उपासना गर्नाले ग्रह पीडा कम भई समृद्धि मिल्नेछ । असहायलाई खुसी पार्नसके आकस्मिक सफलताहरू मिल्नेछन् । आफ्नो जन्मवार शाकाहारी भोजन र रोगीहरूको उपकार गर्नाले पनि सफलता मिल्नेछ । आफ्नो सत्कर्म गर्ने र सत्य बोल्दिनाले पनि ग्रह पीडा कम हुने र भाग्यमा वृद्धि हुनेछ ।

साभारः हाम्रो पात्रो