काठमाडौँ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको आजदेखिदेखि प्रतिकित्ता १०० अंकित  दरको ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपियाँ बराबरको ३ लाख ९५ हजार ३ सय ३६  कित्ता साधारण शेयर (आईपीओ) निष्काशन  भएको छ ।

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार लगानीकर्ताहरुले  नयाँ वर्ष २०७९ को पहिलो आईपीओका लागि बैशाख ६ गतेसम्म आवेदन दिन सकिने छ ।

कूल निष्काशन मध्ये ०.५० प्रतिशत अर्थात् ६ हजार ८२ कित्ता कर्मचारीको लागि, ५ प्रतिशत अर्थात् १९ हजार ७ सय ६६ कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याएर बाँकी ३ लाख ६९ हजार ४ सय ८८ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

सर्वसाधारणका लागि छुट्याइएको आईपीओ ३६ हजार ९ सय ४० जनाले १०–१० कित्ता र ८ जनाले ११–११ कित्ताका दरले पाउने छन् ।

सर्वसाधारणहरुले न्यनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि दिन सक्ने छन् ।  कम्पनीले आईपीओ निष्काशनको लागि चैत ९ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

संस्थाको केन्द्रीय कार्यालय बाग्लुङ जिल्लाको बाग्लुङ बजारमा छ । हालैमात्र शालीग्राम लघुवित्तलाई प्राप्ति गरेको थियो ।