हेटौंडा । आगामी बैशाख ३० गते हुने स्थानीय निकायको चुनावी रन्को लागेको छ । वडा, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा उम्मेद्वारी दिने र आकांक्षीहरुको लर्को लागेको हो ।

आसन्न स्थानीय निकायको निर्वाचनमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ को वडा अध्यक्षमा दावि र आकांक्षीहरुको लामै लिष्ट तयार भएको छ । यो समाचार तयार पार्दा सम्म नेकपा एमाले, नेपाली काग्रेस र राप्रपा नेपालको वडा अध्यक्ष आंकाक्षी तथा दावेदारीमा ६ जना देखिएका छन ।

नेकपा एमालेका तर्फबाट हरिबहादुर राउत, नेपाली काँग्रेसका तर्फबाट काँग्रेसका नेताहरु भवसागर श्रेष्ठ, रबिन्द्र घिमिरे, माधव न्यौपाने र सुदिप राजबहाक आकांक्षी देखिएका छन । नेकपा एमालेले कमल थापा नेतृत्वको राप्रपा नेपाल संग चुनावी तालमेल गरेपछि राप्रपा नेपालले पनि वडा नम्बर २ मा दावि गरेको छ । राप्रपा नेपालले आवश्यक छलफल पश्चात वडा अध्यक्षमा नपाए वडा सदस्यमा भएपनि आफ्नो दावि रहने राप्रपा नेपालका जिल्ला अध्यक्ष गुरुप्रसाद सापकोटाले बताए । उनले एमाले संग आवश्यक छलफल गरेर यस बिषयलाई टुंगोमा पु¥याउने जानकारी दिए ।

एमाले र राप्रपा नेपाल बिच तालमेल हुनु अघि एमाले मकवानपुरले वडा नम्बर २ मा यसअघि बिजयी भएका वडा अध्यक्ष हरिबहादुर राउतलाई नै उठाउन सिफारिस गरेको छ । जिल्ला कमिटीले जनताको मन जित्ने गरि काम गरेको भन्दै राउतलाई पुनः २ नम्बर वडा कै वडा अध्यक्षमा दोर्‍याउने निर्णय गरेको थियो । जनता र पार्टीको चाहना अनुसार सेवामा सधैं हाजिर रहने राउतले अनिरुद्र खबरलाई बताए ।

यता नेपाली काग्रेसका तर्फबाट वडा नम्बर २ को वडा अध्यक्षमा चार जना आकांक्षी देखिएका छन । काग्रेसको तर्फबाट भवसागर श्रेष्ठ, रबिन्द्र घिमिरे, माधव न्यौपाने र सुदिप राजवहाक वडा अध्यक्षमा आकांक्षी देखिएका हुन ।

आकाक्षी मध्ये भवसागर श्रेष्ठ जिल्ला कार्यसमितिमा बसेर काम गरिसकेका पुराना नेता हुन । उनले वडा अध्यक्षमा दाबेदारी रहेको बताएका छन । वडा अध्यक्षमा दावि रहेकै कारण उनी जिल्ला कार्यसमितिमा नबसेको बताउँछन ।

त्यस्तै संचार उद्यमी तथा व्यवसायी माधव न्यौपानेले पनि वडा अध्यक्षमा दावि गरेका छन । उनी सामाजिक संघसंस्थामा रहेर सामाजिक काम गर्दै आएका छन् । मकवानपुर उद्योग बाणिज्य संघको बरिष्ठ उपाध्यक्षसम्म भएर राजनीतितर्फ होमिएका न्यौपानेले लायन्स क्लब, गैसस महासंघ जिल्ला शाखालगायत जिल्ला स्तरीय बिभिन्न संघ संस्थामा नेतृत्व सम्हालेका थिए । २०४८ सालको संसदीय निर्वाचनमा २० जना सहयोगि लिएर नेपाली काग्रेसमा आवद्ध भएका थिए । नेपाल तरुण दलको नगर कोषाध्यक्ष, नेपाल प्रेस युनियनको कोषाध्यक्षलगायका पदमा रहेका न्यौपाने वर्तमान सभापति ईन्द्र बानिया र आनन्दराम पराजुलका समकक्षी हुन् ।

त्यस्तै हेटौंडा उपमहानगरपालिका वडा नं. २ को वडाध्यक्षमा नेपाली कांग्रेसबाट युवा नेता रविन्द्र घिमिरेले दावी गरेका छन् । कांग्रेसबाट वडाध्यक्षको लागि आफुले दाबी गरेको घिमिरेले जानकारी दिए । घिमिरे २०४९ सालमा नेपाली कांग्रेसमा आवद्ध राजनिती शुरु गरेका थिए । नेविसंघको जिल्ला सदस्य, तरुण दल मकवानपुरको कोषाध्यक्षको जिम्मेवारी उनले सम्हालेका छन । उनी बिभिन्न संघ संस्थामा पनि आवद्ध रहेका छन ।

त्यस्तै हेटौैंडा उपमहानगरपालिकाको २ नम्बर वडा सदस्य सुदिप राजबाहकले स्थानीय निर्वाचनमा आफूले वडा अध्यक्षको टिकट पाएमा जित्ने दावी गरेका छन् ।
वडा सदस्य हुँदा सिकेका, जानेका कामलाई अध्यक्ष भएर पूरा गर्ने योजना रहेको उनले बताए । उनी विजय यूथ क्लवको अध्यक्ष पनि हुन । उनी नेपाली काग्रेसका युवा नेता हुन ।

काग्रेस मकवानपुरले वडा अध्यक्षको उम्मेद्वार सिफारिस तथा टुंगो लगाएको छैन । मकवानपुरमा पाँच दलिय गठबन्धन भएको छ । केन्द्रीय निर्देशन अनुसार काग्रेस, माओवादी, समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा बिच दलिय गठबन्धन भएपछि गठबन्धनको तर्फबाट उम्मेद्वारहरु टुंगो लागेको छैन ।

गठबन्धनले उम्मेद्वार टुंगो नलगाउदै गठबन्धनबाट धमाधम आकाँक्षीहरु देखिएका हुन । उनीहरुले वडा अध्यक्षको दावि गरेका छन । अहिले सम्म गठबन्धनबाट उम्मेद्वारको सिफारिस वा टुंगो लगाउने काम भने भएको छैन ।

एमालेले लगभग वडा, गाउँपालिका, नगरपालिकामा उम्मेद्वार सिफारिसको काम गरेको छ । यता गठनबन्ध केन्द्रको निर्देशन र एमालेको चुनावी रणनीतिको वइट एण्ड सी को पर्खाइमा रहेको छ ।

चुनावी गठबन्धन र तालमेलले धेरैको संभावनाको ढोका खोल्ने छ भने कत्तिको लागि खुलेको ढोका बन्द हुने अवस्था आउने पक्का देखिन्छ । जनताले मतदान गर्दा स्वविवेक प्रयोग गरेर सहि उम्मेद्वारको छनोट गर्न अब चुक्नु हुदैन ।

अनिल पराजुली
थप जानकारी