

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को हेटौंडा उपमहानगरपालिकाको अध्यक्षमा अरुण लामा चयन भएका छन ।
शनिवार भएको नगर भेलाले लामाको अध्यक्षतामा राप्रपा नगर समिति निर्माण गरेको हो । समितिको उपाध्यक्षमा शुक्रराज प्रजा तथा सचिवमा रघुनाथ खराल लगायतका चयन भएका हुन ।
भेला कार्यक्रममा राप्रपा नेता मधु अधिकारी, राप्रपा मकवानपुरका अध्यक्ष शिबराम थापा, रामहरी न्यौपाने,गुञ्जबहादुर न्यौपाने, धु्रब सञ्जेल, राप्रपा मकवानपुरका प्रवक्ता विशभ अधिकारी लगायतकाको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्