हेटौंडा । बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सत्ता गठबन्धनमा आबद्ध नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले हेटौंडा उपमहानगरपालिको मेयरमा पार्टीका जिल्ला अध्यक्ष श्रीधर पोखरेल र पार्टी उपाध्यक्ष एवं वर्तमान उपमेयर मिना लामाको नाम सिफारिस गरेको छ ।

एस हेटौंडा उपमहानगरपालिका कमिटीको बैठकले जिल्ला अध्यक्ष पोखरेल र लामालाई मेयरको उम्मेद्वार बनाउन सफारिस गर्ने निर्णय गरेको हो ।

यसैगरी,उपमेयरमा तिलक अधिकारी, ध्रुव भुजेल, कविन पन्त र तारा ढुङ्गाना लामा गरी ४ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय भएको छ ।

यस्तै, हेटौंडाका १९ वटै वडाबाट अध्यक्षका उम्मेद्वार पनि नगर कमिटीबाट जिल्ला कमिटीमा सिफारिस गर्ने भएको छ ।

हेटौंडा–१ मा बेगम बराल, २ मा तारा ढुंगाना लामा र शिशिर पराजुली, ३ मा तेजराज बर्तौला, मेनुका पौड्याल र यादव गौतम, ४ मा निरज सिंह, ५ मा रविन्द्र पोख्रेल, ६ मा गोपालप्रसाद दाहाल, ७ मा राजु अधिकारी, रघुप्रसाद आचार्य, ८ मा बैकुन्ठप्रसाद सापकोटा, ९ मा सुकराम केसी, १० मा प्रेमकुमार गुरुङ, ११ मा देवकुमार श्रेष्ठ सिफारिस भएका छन ।

त्यस्तै १२ मा सोमलाल बल, १३ मा मनोज वाइवा, विष्णुमाया लामा, राजकुमार वाइवा, नवराज थिङ, १४ मा मोहनसिं मोक्तान, १५ मा दिपेश थिङ, प्रेमबहादुर भोम्जन, १६ मा लोकनाथ चौलागाईं, १७ मा कृष्णबहादुर सापकोटा, १८ मा केदार बानिया र १९ मा रामप्रसाद पौडेल अध्यक्षका लागि नगर कमिटीबाट पार्टी जिल्ला कमिटीमा सिफारिस भएको केन्द्रीय सदस्य तथा मकवानपुर सहइन्चार्ज मुनु सिग्देलले जानकारी दिइन ।