काठमाडौँ । सुनचाँदीको मूल्य आज स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १ हजार ५ सय रुपियाँ नै कायम गरिएको छ । गत शुक्रबार पनि सोही मूल्यमा किनबेच भएको थियो ।

चाँदीको मूल्य भने आज तोलाको १ हजार ४ सय १५ रुपियाँमा किनबेच भइरहेको छ । गत शुक्रबार पनि सोही मूल्यमा किनबेच भएको थियो ।