हेटौंडा । यौन दुर्व्यवहार आरोप लागेका तीनजना शिक्षकलाई जिल्ला अदालतबाट प्रहरीले अनुसन्धानका लागि पाँच दिन म्याद थप गरिएको छ ।

मकवानपुर जिल्लाको पूर्वीक्षेत्र बागमती गाउँपालिका–८, फापरबारीस्थित जनता माविका विद्यार्थीमाथि यौनदुर्व्यवहारको आरोप लागेका लोकबहादुर बिक, रुद्रबहादुर बिक र हेमबहादुर बिकलाई आइतबार प्रहरी कार्यालय मकवानपुरले अनुसन्धानको लागि म्याद थपेको हो ।

विद्यालयमा लामो समयदेखि विद्यार्थीमाथि यौन दुर्व्यवहार गर्दै आएको भनी अभिभावकले चैत २४ गते प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका थिए । अभिभावकको जाहेरीपछि चैत २५ गते हेमबहादुर बिक प्रहरीको सम्पर्कमा आएका थिए । फरार रहेका लोकबहादुर बिक र रुद्रबहादुर बिक पनि शुक्रबार इलाका प्रहरी कार्यालय फापरबारीमा सम्पर्कमा आएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।