हेटौंडा । हेटौंडा जर्नालिजम अवार्ड २०७९ हुने भएको छ । आउँदो शनिबार तेस्रो र चौथो हेटौंडा जर्नालिजम अवार्ड २०७९ हुने भएको हो ।

मंगलबार पत्रकार सम्मेलन मार्फत विभिन्न विधामा क्रियाशील मकवानपुरका १३ जना पत्रकारलाई अवार्ड प्रदान गरिने न्यु मिडिया एकेडेमी प्रालिका अध्यक्ष मणिराज गौतमले बताए । प्रत्येक विधामा अवार्डसँगै पाँच हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ भने उत्कृष्ट पत्रकार बर्ष अवार्डलाई नगद १० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने भएको हो ।

उत्कृष्ट पत्रकार बर्ष अवार्ड २०७९ पुरुष, उत्कृष्ट पत्रकार बर्ष अवार्ड २०७९ महिला, उत्कृष्ट खेलकुद पत्रकारिता बर्ष अवार्ड २०७९, उत्कृष्ट कला पत्रकारिता बर्ष अवार्ड २०७९ प्रदान गरिने भएको छ । यसैगरी उत्कृष्ट खोज पत्रकारिता बर्ष अवार्ड २०७९, उत्कृष्ट आर्थिक पत्रकारिता बर्ष अवार्ड २०७९, उत्कृृष्ट रेडियो पत्रकारिता बर्ष अवार्ड २०७९, उत्कृष्ट नवप्रवेशी पत्रकारिता बर्ष अवार्ड २०७९ महिला र उत्कृष्ट नवप्रवेशी पत्रकारिता बर्ष अवार्ड २०७९ प्रदान गरिने छ ।

यस्तै, उत्कृष्ट अनलाइन पत्रकारिता बर्ष अवार्ड २०७९, उत्कृष्ट टेलिभिजन पत्रकारिता बर्ष अवार्ड २०७९, उत्कृष्ट सम्पादक बर्ष अवार्ड २०७९ र उत्कृष्ट क्रियाशील पत्रकारिता बर्ष अवार्ड २०७९ प्रदान गरिने भएको हो । अर्वाड कार्यक्रम संगै साँस्कृतिक कार्यक्रम पनि हुने आयोजकले जनाएको छ । २०७३ सालमा स्थापना भई बागमती प्रदेशको राजधानी हेटौंडाबाट न्यू मिडिया एकेडेमी प्रालिले सिधाखबर डटकम अनलाईन पत्रिका सञ्चालन गरिरहेको छ ।