हेटौंडा । नेपाली कांग्रेस मकवानपुरका सचिव भीमसेन महतले नेपाली काग्रेस पार्टी एक ढिक्का हुनुपर्ने बताएका छन ।

पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले पार्टी भित्र गुट–उपगुटको अन्त्य गर्दै पार्टी एक ढिक्का बनाउन आफुले नेतृत्व गर्ने बताए । उनले गुटको राजनीतिले प्रश्य पाएको बताउँदै समग्र काँग्रेस एक भएर लाग्न आग्रह गरे ।

गुट उपगुटले पार्टीमा नकारात्म असर पर्ने बताउँदै उनले गुटगत राजनीतिले असर पारेको प्रति चिन्ता व्यक्त गरे । उनले आफु सिंगो कांग्रेसको प्रतिनिधि भएको बताउँदै सर्वेपरी हित नै नेपाली कांग्रेसको हित भएको बताए । उनले आसन्न स्थानीय निकायको चुनावको पुर्व सन्ध्यामा पार्टी कार्यालयमा भएको नकारात्मक असर पर्ने गतिबिधि कदापी मान्य नहुने जिकिर गरे ।