

हेटौंडा । मकवानपुर जिल्ला बागमती गाउँपालिका वडा न ६ कि एक बालिका बलात्कृत भएकी छिन् ।
८ वर्षीया बालिका आफन्त पर्नेबाटै लामो समयदेखि बलात्कृत हुँदै आएको भन्ने जाहेरी परेपछि आरोपितलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ । बालिकाको स्वास्थ्य तथा मानसिका अवस्था जटिल बन्दै आएपछि परिवारले घटना बारे थाहा पाएका थिए ।
पीडित बालिकाको आमाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा किटानी जाहेरी दिएपछि आरोपितलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । बालिकाको अहिले स्वास्थ्य उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आरोपितमाथि प्रहरीले अनुसन्धान सुरु गरेको बताएको छ ।
केही समय अघि यसै गाउँपालिको जनता माविका छात्राहरुले आफूहरुमाथि यौन दुर्व्यवहार भएको भन्दै ३ जना शिक्षक विरुद्ध जाहेरी दिएका थिए । प्रहरीको नियन्त्रणमा रहेका ३ जना शिक्षकहरुमाथि अदालतबाट पाँच दिनको म्याद थप गरि हाल अनुसन्धान जारी छ ।
साभारः सहि खबर
प्रतिक्रिया दिनुहोस्