

हेटौंडा । हेटौंडा–१० राप्तिपुल नजिकै म्याजिक र स्कुटर आपसमा ठोकिँदा एकजना घाइते भएको छ ।
मंगलबार दिउँसो विपरित दिशातर्फबाट आउँदै गरेको ना २३ प ५०३१ नम्बरको स्कुटर र प्रदेश ३–०३–००१ ज ००२४ नम्बरको म्याजिक आपसमा ठोकिएको हो ।
म्याजिकको ठक्करबाट सामान्य घाइते भएका स्कुटर चालकलाई चुरेहिल अस्पतालमा उपचारका लागि पठाइएको छ । म्याजिक चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्