

हेटौंडा । वैशाख ९ गते शुक्रवारदेखि सुरु हुने एसइइ परीक्षा दिने तयारीमा रहेका बिद्यार्थीहरुलाई हौसला प्रदान गरिएको छ ।
हेटौंडा–२ संगमचोकमा रहेको ब्रेन बिल्डर्स एजुकेशन होम (होस्टल) ले एसइइ परीक्षा दिन तयार रहेका बिद्यार्थीहरुलाई आत्मवल बढाउने उद्देश्यले हौसला प्रदान गर्ने कार्यक्रम गरेको हो । मोटिभेस्नल स्पीकर रवि किरणले बिद्यार्थीहरुलाई परीक्षामा हौसलापूर्ण सहभागि भएर परीक्षा दिन मोटिभेट गरेका थिए ।
कार्यक्रममा भुटनदेवी मावि, आधुनिक राष्ट्रिय मावि, ज्ञानोदय र सिद्धार्थ माविमा अध्ययनरत बिद्यार्थी, बिद्यार्थीका अभिभावक, शिक्षक लगायतकाको सहभागिता रहेको थियो । कार्यक्रममा ब्रेन बिल्डर्स एजुकेशन होमका संचालक आर्यन झा, भुटनदेवि उमाविका भरत पोखरेल, पोष्टराज (कुमार) अधिकारी लगायतकाले बिद्यार्थीहरुलाई नआत्तिकन परीक्षामा सहभागि भएर परीक्षा दिन हौसला पनि प्रदान गरेका थिए ।
त्यस्तै २०७९ सालको एसइइ परीक्षामा सहभागि हुने बिद्यार्थीहरुको बिदाइ कार्यक्रम पनि गरिएको छ । ब्रेन विल्डर्स एजुकेशन होममा बसेर हेटौंडाको बिभिन्न बिद्यालयमा अध्यनरत ३६ जना बिद्यार्थीलाई बिदाई समेत गरिएको होस्टलका संचालक आर्यन झाले जानकारी दिए ।
करिव ५ बर्ष अघिदेखि संचालन गरिएको यस होस्टलमा मकवानपुर, बारा, पर्सा, रौतटह, सर्लाही लगायतकाको जिल्लाबाट बिद्यार्थीहरु हेटौंडामा अध्ययन गर्नका लागि बसेका छन । एकसय बढी बिद्यार्थी रहेको यस होस्टलमा योग कक्षा, अनुशासन सहितको उत्केष्ट नतिजा भन्ने मुल उद्देश्यका साथ बिद्यार्थीलाई शिक्षा दिने गरेको झाले बताए । कक्षा १ देखि १२ सम्म अध्ययन गर्ने छात्र तथा छात्राहरुलाई राखेर अध्यापन गराईरहेको यस होस्टलले बिद्यार्थीको स्वास्थ्य उपचारका लागि स्टाप नर्स पनि राखेको छ ।
प्रतिक्रिया दिनुहोस्