हेटौंडा । मकवानपुरको राक्सिराङमा मंगलबार साँझ बर्षासँगै परेको चट्याङ लागेर एक जना घाइते भएका छन ।

चट्याङ लागेर स्थानीय जीतबहादुर गोले घाइते भएका हुन् । उनलाई घरमा बसिरहेको अवस्थामा चट्याङ लागेको थियो । उनलाई उपचारका लागि मनहरी लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।