हेटौंडा । लामो रस्साकस्सी पछि नेकपा एमाले मकवानपुरले हेटौंडाको मेयर र उपमेयरको टुंगो लगाएको छ । मेयर र उपमेयरमा सिफारिस भएका तीन–तीन जनाबाट एमालेले उम्मेद्वारको टुंगो लगाएको हो ।

नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकाको मेयरमा अनन्तप्रसाद पौडल उम्मेद्वार बनाउने भएको छ । त्यस्तै उपमेयरमा सुमित्रा काफ्ले उम्मेद्वार बन्ने भएकी छिन् । एमालेको आज बसेको सचिवालय बैठकले पौडेल र काफ्लेलाई उम्मेद्वार बनाउने निर्णय गरेको नेकपा एमाले मकवानपुरले जनाएको छ ।