ललितपुर । आसन्न स्थानीय तहको निर्वाचनको लागि ललितपुरको वाग्मती गाउँपालिकाको प्रमुखमा नेकपा एमालेको तर्फबाट गिम्दीका नवराज सञ्जेल सर्वसम्मत रुपमा चयन भएका छन ।

जिल्लाका अन्य दुई गाउँपालिका र दुई नगरपालिकामा सर्वसम्मत हुन नसकी दुई वा दुईभन्दा बढी आकाँक्षीहरुको नाम सिफारिस भईरहँदा वाग्मतीमा भने युवा तथा सम्पूर्ण वाग्मतीवासीको आशा र भरोसाको रूपमा सञ्जेलको नाम अध्यक्षमा सर्वसम्मत सिफारिस गरिएको हो ।

वैशाख ३० गते हुने निर्वाचनमा वाग्मतीको बलियो उम्मेदवारको रुपमा उदाएका सञ्जेलले सुर्य चिन्हमा मतदानगरी नेकपा एमालेका उम्मेद्वारहरुलाई बिजय गराउन मतदातामा अपिल गरिसकेका छन् । उनले अध्यक्षमा जिते आफुले पाउने यातायात सुविधा आफूले नलिने र उक्त रकमले पालिकाको स्थानीय विद्यार्थीलाई डाक्टर, इन्जिनियर, कृषि–पशु प्राबिधिक, आईटी ईन्जिनियर, अमिन पढ्न चाहने विद्यार्थी र दिर्घ रोगी तथा बिरामीलाई औषधी उपचारमा सहयोग गर्ने घोषणा गरे ।

पालिकाबाट हुने फजुल खर्च नियन्त्रण गरी पालिकाको आम्दानी खर्च पूर्ण पारदर्शी गरी आबधिक रुपमा सार्वजनिक गर्ने प्रतिबद्दता सहित सञ्जेलले घोषणा गरिसकेका छन् ।

शैक्षिक रुपमा सञ्जेलले बेलायतबाट अङ्ग्रेजीमा बीए र समाजशास्त्रमा डिप्लोमा इन लिडरसीप, काठमाडौँ विश्वविद्यालयबाट अङ्ग्रेजीमा एमए, शैक्षिक व्यवस्थापन सङ्कायमा एमएड र एजुकेशनल लिडरसीपमा उनले एमफिल गरेका छन् ।

साभारः प्रणाम खबर