हेटौंडा । नेपालमा हुने सुनचाँदीको कारोबार मध्ये वाग्मती प्रदेशमा ६० प्रतिशत कारोबार हुने गरेको सुनचाँदी व्यवसायीहरुले बताएका छन ।

शनिवार हेटौंडामा आयोजित नेपाल सुनचाँदी व्यवसायी महासंघ वाग्मती प्रदेशको प्रथम बार्षिक साधारण सभामा सहभागि व्यवसायीले नेपालको अर्थतन्त्रमा सुनचाँदी व्यवसायीको उल्लेख्य योग्दान रहेको दाबि गरे ।

सुनचाँदी व्यवसायी महासंघ वाग्मती प्रदेशका अध्यक्ष ज्योतिरत्न बज्राचार्यले अहिले नेपाली गरगहनाको आन्तरिक बजारमा मात्र नभई अन्तराष्ट्रिय बजारमा समेत मौलिकता बढ्दै गएको बताए । सुनचाँदी व्यवसायलाई व्यवस्थित गरी गरगहना व्यवसायको प्रर्वद्धन गर्न र नेपाली अर्थतन्त्रकोे सवलीकरणको लागि राजस्व वृद्धि गर्न, रोजगार बिस्तारका लागि प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए । सुनचाँदी व्यवसायी महासंघ बागमती प्रदेशका अध्यक्ष ज्योति रत्न बज्रचार्यले कोरोना महामारीको समयमा ५० हजारको अक्सिजन खरिद, खाद्यान्न तथा औषधि खरिदका लागि सहयोग गरेका थिए ।

कार्यक्रममा सरकारले व्यवसायीहरुलाई बिक्री बितरणको लागि उपलब्ध गराउने सुनको कोटा घटाएकोप्रति व्यवसायीहरुले आक्रोश पोखेका थिए । उनीहरुले प्रादेशीक संरचनाको आधारमा सुन बितरण गर्न माग समेत गरे । सुनचाँदीलाई राज्यले बिलाशीताको सामान भनेर व्याखा गरेको प्रति व्यवसायीहरुले आक्रोश पोखे । उनीहरुले प्र्रदेशको राजधानीबाट सुन बितरण गर्न पर्ने र समान ढंगले व्यवसायीले सुन पाउनुपर्ने माग समेत राखेका थिए ।

सुनचाँदी व्यवसायी महासंघ केन्द्रीय अध्यक्ष माणिक रत्न शाक्यको प्रमुख आतिथ्यतामा साधारणसभा भएको थियो । कार्यक्रममा वाग्मती प्रदेशका सुनचाँदी व्यवसायीहरुको सहभागिता रहेको थियो ।