

हेटौडा । संस्थाको २४ औं वार्षिकोत्सवको अवसरमा हेटौडा–६, चुच्चेखोलमा रहेको कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाले ज्येष्ठ शेयर सदस्य सम्मान तथा वृृद्धवृद्धाहरुलाई खाद्यान्न तथा फलफूल वितरण गरेको छ ।
हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष उदय बिडारीको सभाध्यक्षमा वार्षिकोत्सव कार्यक्रम भएको थियो । कार्यक्रममा संस्थाका ज्येष्ठ शेयर सदस्य दिर्घमणी भट्टराईलाई सम्मान पत्र, दोसल्ला र नगद सहित सम्मान गरिएको थियो । यसैगरि हेटौडा–१७, गैरीगाउँमा रहेको श्रीमदभागवत ज्ञानसञ्चार वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई खाद्यान्न वितरण गरिएको थियो । संस्थाले वृद्धाश्रमलार्ई ५ किलो चामल, ५ किलो पिठो, २ किलो स्याउ, २ किलो अङगुर, २ किलो चिनी र नगद २ हजार उपलव्ध गराएको थियो ।
कार्यक्रममा हेटौडा–१७ का वडा सदस्य टिकाप्रसाद तिमल्सिना, नेपाल पत्रकार महासंघ, बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, जनकल्याण सहकारी अध्यक्ष हिमाल पौडेल, श्रीमदभागत ज्ञानसञ्चार बृद्धाश्रम अध्यक्ष लक्ष्मण कटुवाल, टोल विकास संस्था वडा समन्वय समिति हेटौडा–६ अध्यक्ष केशव धिताल, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुनप्रसाद दाहाल, दिव्यज्योति आधारभूत विद्यालयका अध्यक्ष नवराज न्यौपाने,ज्येष्ठ नागरिक मञ्च, हेटौडा–१७ अध्यक्ष यतिन्द्र पुडासैनी,सञ्चारकर्मी सुनिल शिवाकोटी, संस्थाका पदाधिकारी, स्थानीय लगायतको उपस्थिति रहेको थियो ।
हेटौडा–६ र १७ नम्वर वडा कार्यक्षेत्र रहेको संस्थामा ६ सय सदस्य रहेका छन । संस्थाले जोडी सदस्य, पत्रकार र उद्योगी शेयर सदस्य सम्मान लगायतका कार्यहरु गर्दै आएको छ । संस्थामा आवद्ध महिला सदस्यहरुलाई सीप सिकाई निजहरुलाई आयआर्जनमा समेत समावेश गरेको छ । संस्थाले खादा तथा व्याग उत्पादक गरि विक्री वितरण समेत गर्दै आएको आयआर्जन उपसमिति सदस्य शिव प्रसाद गौतमले बताए ।
प्रतिक्रिया दिनुहोस्