हेटौंडा । बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा ५ दलीय गठबन्धनबाट हेटौंडाको मेयरमा नेकपा (एकीकृत समाजवादी) की मिना लामा उठ्ने पक्का भएको छ ।

समाजवादीले आफ्नो भागमा परेका महानगरपालिका र उपमहानगरपालिकामा उम्मेदवारको टुंगो लगाए संगै हेटौंडाको मेयरमा लामा उठ्ने पक्का भएको स्रोतले जनाएको छ ।