

हेटौंडा । मृगौला पीडित सरोकार समाज, नेपालले मिर्गाैला पीडितलाई सम्मान तथा जनचेतनामुलक कार्यक्रम गरेको छ ।
हेटौंडामा आयोजित कार्यक्रममा समाजले मिर्गाैला पीडितलाई सम्मान पत्र सहित सम्मान गरेको हो । मिर्गाैला पीडितलाई हौसला प्रदान गर्न उनीहरुलाई सम्मान गरिएको थियो । हेटौंडा अस्पताल र चुरे हिल अस्पतालमा डायलाइसिस गरिरहेका मिर्गौलाका बिरामीहरुलाई मिर्गौला पीडित सरोकार नेपाल काठमाडौंका अध्यक्ष बलराम सुवेदी, राम माया, राजकुमार रायमाझी, प्रितम श्रेष्ठ लगायतकाले सम्मानपत्र वितरण गर्दै हौसला प्रदान गरेका थिए । उनीहरुले मिर्गौलाका बिरामीले अपनाउनुपर्ने सावधानी, नेपाल सरकारले उपलब्ध गराउने सेवासुबिधा र आवश्यक कागजातका बारेमा जानकारी गराएका थिए ।
हेटौंडामा मिर्गौलाका बिरामीका लागि निःशुल्क डायलाइसिस सेवा संचालनमा रहेको छ । हेटौंडा अस्पतालले हाल ३६ जना मिर्गौलाका बिरामीको डायलाइसिस गरिरहेको छ । हेटौंडा अस्पतालमा हाल ८ वटा बेड सहित मिर्गौलाका बिरामीलाई सेवा दिइएको इन्चार्ज पुष्पा रिजालले बताइन् । हेटौंडा अस्पतालमा दुई सिफ्टमा बिरामीलाई समय तोकेर डायलाइसिस गरिर्दै आएको छ ।
त्यस्तै आरोग्य स्वास्थ्य प्रतिष्ठान नेपालले हेटौंडा–११ थानाभ¥याङस्थित चुरेहिल हस्पिटललमा निःशुल्क डायलाइसिस सेवा संचालन गर्दै आएको छ । मकवानपुरका २० जना मिर्गौलाका बिरामीलाई निःशुल्क सेवा दिर्दै आएको आरोग्य स्वास्थ्य प्रतिष्ठान चुरेहिल अस्पतालकी रिना सिलवालले जानकारी दिइन ।
करीब ५ करोड रुपैयाँ लागतमा अस्पतालले निःशुल्क रुपमा मिर्गौलाका बिरामीहरुलाई लक्षित गरी डायलाइसिस सेवा सुरु गरेको थियोे । हेटौंडाबासीका लागि डायलाइसिस गर्न काठमाडौं, चितवन धाउन पर्ने बाध्यता हटेको छ । हेटौंडा अस्पतालमा यो सेवा नहुँदा मिर्गौलाका बिरामीहरु काठमाडौं, चितवन लगायतका शहरमा पुगेर डायलासिस गर्न बाध्य थिए ।
प्रतिक्रिया दिनुहोस्