हेटौंडा । हेटौंडा अस्पतालमा सुत्केरी गराएकी एक महिलाको मृत्यु भएको छ ।

पीडितका आफन्तहरुले चिकित्सकहरुको लापारवाहीका कारण मृत्यु भएको आरोप लगाएका छन् ।

बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ स्थायी घर भइ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा डेरा गरी बस्ने ३१ बर्षीया सीतामायाँ मोक्तानको गएराति मृत्यु भएको हो ।

सुत्केरी गराउनका लागि बैशाख ८ गते हेटौंडा अस्पतालमा ल्याइएको र ९ गते शल्यकृया गरी १० गते अति सघन कक्ष (आइसियू) मा बिरामीलाई राखिएकोमा उनको गएराति मृत्यु भएको जानकारी आफूहरलाई चिकित्सकहरुले दिएको मृतककी बहिनी देवी लामाले बताइन् ।
साभारः खबर ब्रेक