

हेटौंडा । नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष उम्मेद्वार बोलबहादुर कार्कीले चुनावी अभियान कार्यक्रम सुरु गरेका छन् ।
हेटौंडा २ स्थित मुख्य निर्वाचन कार्यालयमा सोमवार उम्मेद्वारी दर्ता गरेपछि उनले मंगलबार दिव्य सेवा निकेतनका बृद्धबृद्धासँग भेटघाट तथा आशिर्वाद लिर्दै निर्वाचन अभियान सुरुवात गरेका हुन । उनी युवा पंत्तिबाट टिकट पाउने र वडामा रुचाइएका व्यक्ति पनि हुन । चुनावी अभियान अन्र्तगत वडावासीहरुको घरघरमा पुग्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्