हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको प्रवक्तामा अर्जुनप्रसाद चौलागाई नियुक्त भएका छन् ।

जिल्ला सभापति बुद्ध लामाले मंगलबार चौलागाईंलाई प्रवक्तामा नियुक्त गरेका हुन् । जिल्ला सदस्यमध्यबाट एक जनालाई प्रवक्ता नियुक्त गर्ने व्यवस्थाअनुसार जिल्ला सदस्य चौलागाईंलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिइएको नेपाली काँग्रेस मकवानपुरले जनाएको छ । चौलागाई हेटौंडा–६ नम्बर वडाका वर्तमान वडाध्यक्षसमेत हुन् ।