हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको उपमेयर पदको लागि ११ जनाले मनोनयन दर्ता गरेका छन् ।

विभिन्न राजनीतिक दलको तर्फबाट ९ जना र स्वतन्त्र तर्फबाट २ जना गरी ११ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । आइतबार र सोमबार उनीहरुले मनोनयन दर्ता गरेका थिए ।

नेकपा एमालेबाट सुमित्रा काफ्ले, उपमेयरमासत्तारुढ गठबन्धनको तर्फबाट कांग्रेसका राजेश बानियाँ, जनता समाजवादी पार्टी नेपालबाट हरिहर खतिवडा, लोकतान्त्रीक समाजवादी पार्टी नेपालबाट नानी मैया श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट इन्दिरा न्यौपाने, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादीबाट अम्बीका लामिछाने, मौलिक जरोकीलो पार्टीबाट सुनिल घिमिरे, नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) बाट मख कुमारी तिमल्सिना, जनजागरण पार्टी नेपालबाट शिवकुमारी पाठकले मनोनयन दर्ता गरेका हुन् ।

स्वतन्त्रतर्फबाट सुरज पाण्डे र ध्रुवप्रसाद दाहालले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ ।